चन्द्रपुरमा ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

7 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ११ गते । रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार मृतकमध्ये एक चन्द्रपुर–१० का दुई वर्षीय रन्जे साह र अर्की सोही ठाउँकी दुई वर्षीया खुश्बु साह हुन्।

मंगलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्ने क्रममा खुला सेफ्टीक ट्याङ्कीमा खसेका थिए। स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याए पनि चिकित्सकले दुबैलाई मृत घोषित गरेका थिए। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?