कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ
4 वर्ष पहिले प्रकाशित
४ पुस, धनगढी ।
कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप(महानगरपालीका(२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले धनगढी उप(महानगरपालीका(८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिए ।उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर० बरामद गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments