जापानमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का
4 वर्ष पहिले प्रकाशित
काठमाण्डाै पुस २
जापानको ओसाकामा रहेको एउटा भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गएको आशङ्का गरिएको छ ।
दमकल विभागका कर्मचारीले आगलागीमा २७ जनाको ज्यान गएको हुन सक्ने आशङ्का गरेका छन् । भवनको चौथो तलामा आगो लागेको बीबीसीले जनाएको छ ।आगो लाग्नुको कारण खुलेको छैन ।
आगो नियन्त्रणका लागि ७० वटा दमकल खटाइएको थियो । ३० मिनेटमा आगो निभाइएकाे खबरमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
view comments