काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी

4 वर्ष पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २९ गते ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् ।भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् ।

दोस्रो चरणमा सभापतिको लागि भएको चुनावमा देउवाले २७३३ मत ल्याएर विजयी भएका छन् भने कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो ।

सोमबार पहिलोपटक सभापति पदको लागि भएको मदतानको लागि कुनै उम्मेवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार साढे ३ बजे मतदान भएको थियो ।मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए

सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए ।

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पहिलो चरणको प्रतिस्पर्धामा देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?