वैशाख महिना भित्र स्थानीय तहको निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

4 वर्ष पहिले प्रकाशित

काठमाडौं, मंसिर २४ गते

आगामी वैशाख महिना भित्र स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।

शुक्रवार संखुवासभाको खाँदबारीमा आयोजित कार्यक्रममा थपलियाले स्थानीय तहको निर्वाचन वैशाखभित्र सम्पन्न गराउन आयोगले तयारी थालिसकेको बताएका हुन् ।

थपलियाले यस पटक देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गरिने बताए । राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?