सभामुख घिमिरेद्वारा भारत–पाकिस्तान तनावबारे सचेत रहन सरकारलाई आग्रह

20 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २६ गते ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच चुलिएको तनावप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ बसोबास गर्ने नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सम्भावित समस्या र असरप्रति सचेत भई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेका हुन्।

बैठकमा सांसदहरूले पनि भारत–पाकिस्तान तनावले नेपालमा पार्न सक्ने प्रत्यक्ष वा परोक्ष प्रभावको चर्चा गर्दै सरकारलाई तयारी थाल्न सुझाव दिए। बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पनि पढेर सुनाएका थिए। हाल प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?