डोल्पामा अवतरणका क्रममा सीता एयरको जहाजको चक्का फुत्कियो

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज ८ गते । नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाजमा अवतरणका क्रममा समस्या आएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार चालक दलका सदस्यसहित १६ जना सवार जहाजमा सात विदेशी र नौ नेपाली थिए। बिहान ७ः५७ बजे नेपालगन्जबाट उडेको जहाज ८ः४५ बजे डोल्पामा अवतरण गर्ने क्रममा दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको हो।

अवतरणका क्रममा चक्कामा समस्या आए पनि जहाजमा सवार यात्रुहरूको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन। स्रोतका अनुसार अहिले जहाज मर्मतको काम भइरहेको छ। घटनाबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?