‘ठग लाइफ’का लागि तृषा कृष्णनले बलिउड अभिनेत्रीभन्दा बढी पारिश्रमिक

1 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख १५ गते । दक्षिण भारतीय चर्चित अभिनेत्री तृषा कृष्णनले आफ्नो नयाँ फिल्म 'ठग लाइफ' का लागि बलिउडका ठूला अभिनेत्रीहरूभन्दा बढी पारिश्रमिक लिएकी छन्। तमिल र तेलुगु फिल्ममा सफल यात्रा तय गरेकी तृषाले भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार उक्त फिल्मका लागि १२ करोड भारू पारिश्रमिक लिएकी हुन्। यो रकम आलिया भट्टले 'रकी और रानीकी प्रेमकहानी' र कट्रीना कैफले 'टाइगर ३' का लागि लिएको १० करोड भारू पारिश्रमिकभन्दा बढी हो।

सन् १९९९ मा फिल्म 'जोडी' बाट अभिनयमा डेब्यू गरेकी तृषाले मुख्य अभिनेत्रीको रूपमा 'मौनम पेरियाधे' बाट करिअरको नयाँ यात्रा सुरु गरेकी थिइन्। मिस चेन्नईको उपाधि जितेकी तृषाले दक्षिण भारतीय फिल्म उद्योगमा सफलताको कीर्तिमान राखेकी छन्। उनले हिन्दी फिल्ममा पनि आफ्नो उपस्थिति जमाएकी छन् र सन् २०१० मा अक्षय कुमारसँग 'खट्टा मिठा' मार्फत बलिउड डेब्यू गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?