रुपन्देहीको देवदह नगरपालिका सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आगलागी

4 वर्ष पहिले प्रकाशित

रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ ।


देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको बताए ।


देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताए । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ । सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको दावी गरेका छन् । प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?