पिपुल्स हाइड्रोपावर कम्पनीले करीब १ अर्बको आईपीओ जारी गर्ने
4 वर्ष पहिले प्रकाशित
२० मंसिर, काठमाडौं ।
पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।
कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments