कलैयामा सेनिटरी प्याड खरिदमा ५२ लाखको भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा दायर

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २६ गते । बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ठूलो रकम हिनामिना भएको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सागर देवी फर्मा र त्यसका प्रोप्राइटर विमलेश शाहसँग मिलेमतो गर्दै प्याडको मूल्य कृत्रिम रूपमा बढाइ रु.७९.१ प्रतिप्याकेट कायम गरिएको थियो, जुन वस्तु अर्को वर्ष मात्र रु.२४ मा खरिद गरिएको पाइएको छ।

प्याडको मूल्यमा देखिएको अन्तरका कारण करिब ९६ हजार प्याकेट खरिदमा राज्यलाई ५२ लाख रुपैयाँभन्दा बढी घाटा पुगेको आयोगको दाबी छ। यस अनियमिततामा संलग्न ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र व्यवसायी विमलेश शाहविरुद्ध मुद्दा दायर गरिएको हो। आयोगले सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद, जरिवाना र बिगो असुलको माग गर्दै अभियोजन अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?