प्रधानमन्त्री ओलीको मधेस वर्णन: “भगवान् रामले ज्ञान आर्जन गरेको पुण्यभूमि”

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई पुण्य, ध्यान र देवभूमिका रूपमा वर्णन गर्दै यसलाई भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको पवित्र भूमि भएको बताएका छन्। मंगलबार मधेस प्रदेशसभाको चौथो अधिवेशनको २१ औँ बैठकमा विशेष सम्बोधन गर्दै उनले यो भूमि इतिहास, संस्कृति र ज्ञानको स्रोत भएको उल्लेख गरे। उनले मधेस जस्तो पवित्र स्थानबाट अहिलेसम्म के उपलब्धिहरू हासिल भएका छन् भन्नेबारे गम्भीर छलफल आवश्यक रहेको औंल्याए।

प्रधानमन्त्री ओलीले मधेसलाई अनेक विद्वान, साहित्यकार, कवि तथा धर्मगुरुहरू जन्माउने भूमि भनेर प्रशंसा गर्दै यस क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानसमेत रहेको बताए। उनले मधेसलाई सत्ययुगदेखि नै ऐतिहासिक महत्व बोकेको क्षेत्र उल्लेख गर्दै यसको गौरवलाई अझ मजबुत बनाउन सबैले योगदान दिनुपर्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?