भलुवाहिबाट भन्सार छलिको ३५ लाखको लत्ताकपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत २५ गते ।बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँमा सशस्त्र प्रहरीले भन्सार छलि गरिएको १० लाख आठ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित एक गाडी नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले टाटा पिकअप (बा.प्र.०१–०२७ च ८५०३) गाडीमा लोड गरिएका २० बोरा लत्ताकपडा फेला पारेको हो। वीरगञ्ज–१६ बाट कपडा लोड गरी जितपुर–सिमरातर्फ ल्याउँदै गर्दा सोमबार सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा टोलीले गाडी नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार गाडिलाई पिछा गरेपछि चालकले भलुवाहिमा गाडी छाडेर फरार भएका थिए। बरामद गरिएको सर्टिङ, सुटिङको कपडा र साडीसहितको पिकअप गाडीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। थापाका अनुसार गाडीको भन्सार दाखिला मूल्य २५ लाख र लत्ताकपडाको मूल्य १० लाख आठ हजार कायम गरी कूल ३५ लाख आठ हजार रुपैयाँको भन्सार दाखिला मूल्यसहित कारबाही प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?