जलेश्वरमा ३ वर्षीया बालिका आफन्तद्वारा बलात्कृत

2 दिन पहिले प्रकाशित

जनकपुरधाम,चैत १८ गते । जलेश्वर नगरपालिका–३ मा एक ३ वर्षीया बालिका आफन्तद्वारा बलात्कृत भएकी छिन् । प्रहरी अनुसार, घटनामा संलग्न व्यक्तिले बालिकालाई घरमा खेलाउन लगेर दुराचार गरेको छ । सिकिस्त अवस्थामा भेटिएकी बालिकालाई जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको स्वास्थ्य परीक्षण र उपचार चलिरहेको छ ।

घटना आइतबार दिउँसो २ बजे घटेको र बालिकालाई घरमै राखेर प्रकरण लुकाउन प्रयास गरिएको थियो । तर, उनको स्वास्थ्य बिग्रिएपछि सोमबार अस्पताल लगिएको बताइएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले अनुसन्धान चलिरहेको र अस्पतालमा बालिकाको जाँच भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?