कल्भर्ट निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु
11 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत १४ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-६ मगरथानाका ५५ वर्षीय किसुनदेव यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। बुधबार राति १० बजे, बीआर ३० एसी २३६४ नम्बरको मोटरसाइकलमा मगरथानाबाट कतरवा टोलतर्फ जाँदै गर्दा, यादव ७ फिट गहिरो खाल्डोमा खसेर घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जयसवारले जानकारी दिनुभयो।
स्थानीयवासीहरूका अनुसार, मङ्गलनाथ मन्दिर नजिक कल्भर्ट निर्माणका लागि दुई साताअघि बीच सडकमा खाल्डो खनिएको थियो, तर ठेकेदारले समयमै निर्माण कार्य सम्पन्न नगर्दा उक्त दुर्घटना भएको हो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई, शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments