सिराहा बलात्कार प्रकरण: एक अभियुक्त पुर्पक्षका लागि जेल, अन्य धरौटीमा रिहा
16 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत १३ गते । सिराहाको नवराजपुर गाउँपालिका भगवानपुरकी रिंकु सदाको बलात्कार र हत्या प्रकरणमा संलग्न एक अभियुक्तलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले बलात्कार घटनालाई मिलाउन पञ्चायती बसेका वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि जेल पठाउने निर्णय गरेको हो। अन्य प्रतिवादीहरू बिन्देश्वर साह, करिया मुसहर, रामकृपाल मण्डल, रामदेव सदा र दुई नाबालकलाई जनही १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृत्युअघि शौच गर्न गएकी उनलाई चार युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन्। बलात्कारपछि गाउँमा पञ्चायत बसेर घटनालाई मिलापत्र गराइएको थियो। तर, रिंकु मृत भेटिएपछि परिवारले प्रहरीमा उजुरी दिएपछि मुद्दा अदालतसम्म पुगेको हो।
कमेन्ट गर्नुहोस्
view comments