सर्लाहीमा ट्रक पल्टिँदा चालक घाइते
16 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत १३ गते । सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रक पल्टिँदा चालक घाइते भएका छन्। फलाम बोकेको ना. ७ ख ८६१ नम्बरको ट्रक मङ्गलबार राति उष्णप्रदेशीय बागवानी केन्द्रको गेट नजिकै अनियन्त्रित भएर पल्टिएको हो। दुर्घटनामा परी पर्सा, वीरगन्ज महानगरपालिका-१४, गण्डक निवासी ४५ वर्षीय चालक इन्द्रबहादुर तामाङ घाइते भएका छन्। उनलाई हातमा चोट लागेको र हाल मोडेल अस्पताल, लालबन्दीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
प्रहरीका अनुसार ट्रक राजमार्ग विस्तारका क्रममा स्काभेटरले खनेको स्थानतर्फ बढी मोड्दा अनियन्त्रित भई पल्टिएको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको छ भने प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments