विराटनगरमा प्रेस चौतारी नेपालको महाधिवेशन सुरु

28 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत १० गते ।  प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ। ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम छ। महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिको सहभागिता रहने महासचिव हिरामान लामाले जानकारी दिएका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनमा पत्रकारिता क्षेत्रका समस्या, समाधानका उपायहरू तथा भावी रणनीतिहरूमा छलफल हुनेछ। चौतारीको माउ पार्टी नेकपा एमालेका नेता तथा प्रतिनिधिहरू विराटनगर आइपुगिसकेका छन्। प्रतिनिधिहरूका लागि आवश्यक खानपान र आवासको व्यवस्था गरिएको छ। साथै, महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, जसका लागि उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन्। यद्यपि, सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको महासचिव लामाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?