मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेटवार्ता, धार्मिक पर्यटन प्रवर्द्धनमा छलफल
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेटवार्ता सकारात्मक रहेको जानकारी दिएका छन्।
मुख्यमन्त्री सिंहका अनुसार भेटमा रामायण सर्किट र सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने विषय तथा मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा उत्तर प्रदेश सरकारको सहयोग आवश्यक हुनेबारे छलफल भएको थियो।
तर, मुख्यमन्त्री सिंहको यो भ्रमणबारे मधेस प्रदेश सरकारका अन्य मन्त्रीहरू अनभिज्ञ रहेका छन्। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवका अनुसार मुख्यमन्त्रीले न मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए, न त भ्रमणबारे कुनै आधिकारिक सूचना उपलब्ध गराएका थिए।
कमेन्ट गर्नुहोस्
view comments