जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघको विजयी यात्रा कायम

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ६ गते । रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल विजयी भएको छ। हाल समानुपातिक तर्फको मतगणना जारी छ। यस क्याम्पसमा नेविसंघले लगातार जित निकाल्दै आफ्नो प्रभाव कायम राख्दै आएको छ।

क्याम्पस निर्वाचन कार्यालयका अनुसार कुल २,९५४ मतदातामध्ये १,६८७ मत खसेको थियो। सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १,१७४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत प्राप्त गरे। सचिव पदमा पनि नेविसंघका शाहिल पुरी १,१२८ मत ल्याएर विजयी भए, भने उनका निकटतम प्रतिस्पर्धी शुभ श्रेष्ठले २३१ मत प्राप्त गरे। कोषाध्यक्षमा नेविसंघकै सम्झनाकुमारी चौधरी १,१४८ मत ल्याएर विजयी भइन्।

यस निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) तथा समाजवादी विद्यार्थी युनियनका गरी ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। जनज्योति बहुमुखी क्याम्पसमा २०६५ सालको पहिलो स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धनले जित निकालेको थियो। त्यसयता भने नेविसंघले लगातार विजय हासिल गर्दै आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?