धनुषामा इनारभित्र पुरुषको शव फेला, अनुसन्धान जारी
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत ५ गते । धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा एक इनारभित्र पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार मृतक ३५ वर्षीय नारायण घिसिङ हुन्।
प्रहरी निरीक्षक जटाशङ्कर यादवले सोमबार साँझ घटनाबारे जानकारी प्राप्त भए पनि रातको अध्यारोका कारण शव निकाल्न नसकिएको बताए। मङ्गलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको हो। शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पताल पठाइएको छ।
मृतकका पिता काजीसिंह घिसिङका अनुसार छोरा चार दिनदेखि घरबाट हराइरहेका थिए। सोमबार साँझ घरका केटाकेटी इनार नजिक पुगेपछि सडेको दुर्गन्ध आएपछि इनारभित्र मानिसको जस्तो हातखुट्टा देखिएको थियो। सो घटनाबारे प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments