धनुषाको सबैलामा चोक नामकरण विवाद, प्रहरीको गोली लागेर युवक गम्भीर घाइते
1 महीना पहिले प्रकाशित

जनकपुरधाम,चैत ४ गते । धनुषाको सबैला नगरपालिका–९, भठिहनस्थित चोकको नामाकरणका विषयमा दुई पक्षबीच विवाद चर्किएपछि स्थिति तनावग्रस्त बनेको छ। भीड नियन्त्रण गर्न खोज्दा प्रहरीले एक राउण्ड गोली चलाएको छ, जसका कारण २२ वर्षीय सन्तोष यादव गम्भीर घाइते भएका छन्।
प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार भीड नियन्त्रणका लागि गोली चलाउनु परेको थियो। मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले घाइते यादवको कम्मरमुनी गोली लागेको र उनको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।
प्रहरीका अनुसार घाइते यादवको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटना भएपछि स्थानीय तनावग्रस्त बनेको छ, जसलाई मध्यनजर गर्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments