रेडियो नेपाल महोत्तरीका पत्रकार मंजित राममाथि सांघातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

1 वर्ष पहिले प्रकाशित

जनकपुरधाम,चैत ४ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले रेडियो नेपाल महोत्तरीका संवाददाता पत्रकार मंजित राममाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको छ। मिति २०८१ चैत ३ गते आइतबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-५ स्थित आफ्नै निवासमा स्थानीय कुंज बिहारी यादव र उनका परिवारजन द्वारा जबरजस्ती घरमा प्रवेश गरी पत्रकार रामलाई कुटपिट गरिएको र पक्राउ गरी दरवाजामा लगेर हातखुट्टा बाँधेर थप यातना दिइ घाइते बनाइएको जानकारी प्राप्त भएको छ। घाइते पत्रकार रामको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

महासंघले भनेको छ, "पुरानो रिसिइवीका कारण घरमै प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नु र हातखुट्टा बाँधेर अमानवीय यातना दिनु जघन्य अपराध हो।" महासंघले यस निन्दनीय घटनामा संलग्न दोषीहरूको अविलम्ब पहिचान तथा पक्राउ गरेर कानूनी कारबाही गर्न प्रशासनसँग जोडदार माग गरेको छ।

आखिरमा, नेपाल पत्रकार महासंघले घाइते पत्रकार रामको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस घटनामा समुचित कानूनी कारबाहीको माग गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?