सप्तरीमा वन अतिक्रमण बढ्दो, स्थानीयवासीको खेतीपातीले समस्या

1 महीना पहिले प्रकाशित

जनकपुधाम, चैत ३ गते ।  जिल्लामा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। स्थानीयवासीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्न थालेपछि वन संरक्षणमा चुनौती थपिएको छ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभासचन्द्र दासका अनुसार, राजनीतिक दलहरूको अघोषित समर्थनका कारण वन क्षेत्रलाई जोगाउन कठिन भएको छ। उनले वन अतिक्रमण रोक्न पहल गर्दा विभिन्न राजनीतिक शक्तिबाट प्रतिरोध हुने गुनासो गरे। कार्यालयमा जनशक्तिको अभावले नियमित अनुगमन गर्न कठिनाइ भए पनि स्थानीय प्रशासनसँग समन्वय गर्दै अतिक्रमित वनक्षेत्र फिर्ता ल्याउने प्रयास भइरहेको उनले बताए।

सप्तरीमा कुल २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र रहेको छ। त्यसमध्ये ९५ वटा सामुदायिक वन १८ हजार सात सय ६१ दशमलव २६ हेक्टरमा फैलिएको छ। वन क्षेत्रमा साल, खयर, मसला, टिक, सिमल, सिसौँ, जामुन लगायतका प्रजातिका रूखहरू पाइने रेन्जर अमित पोखरेलले जानकारी दिए। वन अतिक्रमण नियन्त्रण गर्न नियमित अनुगमन आवश्यक भए पनि जनशक्तिको अभावले समस्या भइरहेका कारण तत्काल आवश्यक उपाय अपनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?