धनुषामा बस दुर्घटना: ३० भन्दा बढी घाइते, ६ गम्भीर
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत १ गते । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरबाट राजविराजतर्फ गइरहेको ना ५ ख १४४१ नम्बरको बस शुक्रबार बिहान ९ बजे दुर्घटनाग्रस्त भएको हो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ। उहाँले हालसम्म घाइतेहरूको विवरण सङ्कलन भइरहेको बताउँदै घटनामा करिब ६ जनालाई गम्भीर चोटपटक लागेको जानकारी दिनुभयो। अन्यलाई सामान्य चोटपटक लागेको छ।
प्रारम्भिक जानकारीअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको खुल्न आएको प्रहरी निरीक्षक यादवले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments