मधेस प्रदेशका गृहमन्त्रीका अंगरक्षकको निधन

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २७ गते । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको निधन भएको छ। सिरहा नगरपालिका–२५ सुखचैना निवासी यादव मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा दरबन्दीमा थिए।

हिजो पेट र छातीमा अचानक दुखाइ भएपछि यादवलाई प्रारम्भिक उपचारका लागि स्थानीय गोदावरी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो। नोबेल अस्पतालमा उपचारकै क्रममा हिजो राति उनको निधन भएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए。

यस घटनाले मधेस प्रदेश सरकार र प्रहरी संगठनमा शोकको वातावरण सिर्जना गरेको छ। यादवको निधनप्रति गृहमन्त्री लेखी लगायत प्रदेश सरकारका पदाधिकारीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?