क्षत्रिय राजपुत समाज जनकपुरद्वारा साधारण सभा सम्पन्न
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २६ गते । क्षत्रिय राजपुत समाज जनकपुरले साधारण सभा आयोजना गरेको छ । उक्त कार्यक्रममा गत वर्षको खर्चहरुको आय ब्यय विवरण प्रस्तुत गरिएको र सभा द्वारा सर्वसम्मत रुपमा पास गरेको थियो । सामाजका अध्यक्ष नवल किशोर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हालै दिवन्गत हुनु भएका समाजका दुई ब्यक्तित्व हेम कुमारी देवी र मदन प्रसाद सिंहको प्रतिमामा माला अर्पण गरि श्रद्धाञ्जली समेत ब्यक्त गरिएको थियो ।
कार्यक्रममा समाजको संस्थापक अध्यक्ष रामनारायण सिंह , रौतहट जिल्ला अध्यक्ष राम आधार सिंह, पुर्व सांसद बबन सिंह, नेपाली काँग्रेसका नेता राजकिशोर सिंह लगायत ठु्लो संख्यामा राजपुत समाजका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आगामी योजनाहरुको बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रमको संचालन समाजका सचिव रविन्द्र कुमार सिंहले गरेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments