नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा पुनः अनिलकुमार झा
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २६ गते । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा पुनः अनिलकुमार झा चयन भएका छन्। परिषद्को छैठौं जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि झालाई अध्यक्षमा चयन गरेको हो। उक्त अधिवेशनबाट झाको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, सचिवमा महम्मद अतिउल्लाह, उपसचिवमा रामप्रसाद उपाध्याय र चन्द्र भानु पटेल चयन भएका छन्। यस्तै, गोपिनी पौडेल, बाबुराम साह, अर्जुन तिमिल्सिना, मनोज कुमार मिश्र (चन्द्रपुर), मोहन बैठा, भूपनारायण प्रसाद, सञ्जीवकुमार झा, दीपक राउत, रामसागर साह, चन्द्रिका दास, देवीलाल प्रसाद साह, विकास जयसवाल, मनोज मिश्र (पुरेनवा) र खुस्बु साह सदस्यका रूपमा सर्वसम्मत चयन भएका छन्।
उक्त अधिवेशन नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज डा. अर्जुन सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उद्धव रेग्मी, धनुषा अध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य रामचन्द्र यादव, एमाले जिल्ला अध्यक्ष सचिदानन्द साह, केन्द्रीय सदस्य श्याम गोहित, मधेस प्रदेश कमिटी सदस्य मनिशंकर निधि, सचिव बाबुराम दाहाल, लेखा समितिका जिल्ला अध्यक्ष पवन पटेल, जिल्ला कमिटी उपसचिव अवधेश यादव, चन्द्रपुर नगर कमिटी संयोजक शिव आचार्य, शिक्षक संगठनका अध्यक्ष अनिल निधि, तथा अनेरास्ववियु रौतहटका संयोजक कारण देवकोटा लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्
view comments