नेकपा एमालेको नेतृत्व चयनको लागि मतदान सकियो, २०८१ मत खस्यो

4 वर्ष पहिले प्रकाशित

मंसिर १४ गते ।

नेकपा एमालेको चितवनमा दसौं महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका बिहान ४ बजेदेखि जारी मतदान सकिएको छ ।बिहान पौने १० बजे मतदान बन्द गरिएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार २०८१ मत खसेको छ ।

अबको दुई घण्टाभित्र नतिजा आउने जनाएको छ ।


पदाधिकारीतर्फ एक अध्यक्षका लागि दुई, ६ उपाध्यक्षका लागि लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेका छन्।

जसअनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङ तथा सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?