मधेस शहीद प्रतिष्ठानका सदस्य रामनरेश यादव आफ्नै कोठामा मृत फेला

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन २० गते । जनकपुरधामस्थित मधेस भवनभित्र मधेस शहीद प्रतिष्ठानका सदस्य रामनरेश यादव आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। धनुषा प्रहरीका अनुसार, यादव आज बिहान आफ्नै ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलमा बान्ता गरेको समेत पाइएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, यादवले हिजो आफ्नो परिवारका सदस्य र सहकर्मीहरूलाई अस्वस्थ भएको जानकारी गराएका थिए। मृत्युको कारण हालसम्म नखुलेको र शव पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण थाहा हुने अपेक्षा गरिएको छ।

रामनरेश यादव मधेस आन्दोलनका शहीद परिवारका सदस्य थिए र उनलाई मधेस शहीद प्रतिष्ठानमा सदस्य नियुक्त गरिएको थियो। उनको असामयिक निधनले मधेस आन्दोलनका शहीद परिवार र प्रतिष्ठानमा शोकको छाया परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?