सप्तरीको फत्तेपुरमा बाघको आतङ्क: तीन जना घाइते, बाघ नियन्त्रणमा

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १९ गते ।  सप्तकोशी नगरपालिका-१ फत्तेपुरको खोरिया टोलमा पसेको बाघलाई १० घण्टापछि एक घरमा थुनेर नियन्त्रणमा लिइएको छ। सोमबार बिहान बाघको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएका छन्।

प्रहरीका अनुसार, स्थानीय बासिन्दाले होहल्ला गरेर बाघलाई भरत विष्टको घरतर्फ धपाए, जसले गर्दा बाघ उक्त घरमा प्रवेश गर्‍यो। त्यसपछि बाहिरबाट ढोका लगाएर बाघलाई थुनिएको हो।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले बाघलाई बस्तीबाट सुरक्षित रूपमा निकाल्ने तयारी गरिरहेको छ। स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?