मिथिला नगरपालिकामा विभिन्न पदका लागि करार सेवामा रोजगारीको अवसर

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन १५ गते । मिथिला नगरपालिकाले करार सेवामा विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। नगरपालिकाले मेडिकल अधिकृत (आठौं तह), नगर प्रहरी नायव निरीक्षक, हेल्थ एसिस्टेन्स (पाँचौं तह), नगर प्रहरी सहायक निरीक्षक (चौथो तह) र नगर प्रहरी जवान (दोस्रो तह) पदहरूका लागि आवेदन आह्वान गरेको हो।

मेडिकल अधिकृत पदका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ। नगर प्रहरी नायव निरीक्षक पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको योग्यता आवश्यक छ। हेल्थ एसिस्टेन्स पदका लागि मान्यता प्राप्त संस्थाबाट हेल्थ एसिस्टेन्स उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्छ।

नगर प्रहरी सहायक निरीक्षक पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ भने नगर प्रहरी जवान पदका लागि एसएलसी वा एसईई उत्तीर्ण गरेको योग्यता आवश्यक छ। इच्छुक उम्मेदवारहरूले चैत १ गतेभित्र आवेदन दिनुपर्नेछ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?