सिरहामा बलात्कारपछि हत्या: छानबिन समिति गठन
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, फागुन ६ गते । सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय सामूहिक बलात्कारपछि मृत फेला परेको घटनाको गम्भीर अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। प्रहरी कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे संचारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको र निष्पक्ष अनुसन्धान अघि बढाइएको जनाएको छ।
गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित आफ्नै घर बाहिर शौच गर्न जाँदा रिंकुकुमारी सामूहिक बलात्कारको शिकार भएकी थिइन्। घटनालाई दबाउने प्रयासस्वरूप पञ्चायती बसाइए पनि त्यसले थप विवाद निम्त्याएको थियो। घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनी कारबाही गर्न समिति सक्रिय रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments