सर्लाहीमा आगलागी, लाखौंको क्षति र पाँच चौपायाको मृत्यु

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २९ गते । सर्लाहीको रामनगर गाउँपालिका–३ रामटोलमा सोमबार राति भएको आगलागीबाट लाखौंको क्षति भएको छ। स्थानीय अनुप महराको कच्ची फुसको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा परेर पाँच वटा बाख्रा मरेका छन्।

प्रहरीका अनुसार, आगलागीका कारण लत्ताकपडा, कागजपत्र, अन्नपात र नगद १० हजारसहित करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको नेतृत्वमा १० जनाको टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो एक घण्टाभित्र नियन्त्रणमा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?