रौतहटमा ट्रक र स्कर्पियो ठोक्किँदा पाँच घाइते, एकको अवस्था गम्भीर

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २९ गते । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत चाँदी पुलमा मंगलबार बिहान ट्रक र स्कर्पियो एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार, स्कर्पियो चालकसहित पाँच जना घाइते भएका छन्, जसमा बाराको सिम्रौनगढ नगरपालिका–७ का सन्तोष कुशवाहाको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

दुर्घटनामा मौलापुर नगरपालिका–३ का सुदिपकुमार यादव, दुर्गा भगवती गाउँपालिका–५ का प्रशान्त ठाकुर, बौधीमाई नगरपालिका–३ मटिअर्वाका स्कर्पियो चालक रामविनोद महतो र प्रदीप कुशवाहा घाइते भएका छन्। चार जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। दोलखा जिरी नगरपालिका–४ निवासी ट्रक चालक फुरी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?