बाग्मती नदी पुल मर्मत कार्य सुरू, फागुन २ गतेभित्र सञ्चालनमा आउने लक्ष्य

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २९ गते ।  पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको सीमामा रहेको बाग्मती नदीको पुल मर्मत कार्य सुरु गरिएको छ। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर लामो ड्राइभर्सन बनाएर पुल मर्मत थालिएको जानकारी दिएको छ। केही दिनअघि पुलको ४ र ५ नम्बर स्परमा रहेको बिम करिब आठ सेन्टिमिटर चर्किएपछि सुरक्षा मापदण्ड अनुसार मर्मत कार्य अगाडि बढाइएको हो।

डिभिजन कार्यालय प्रमुख अरुणकुमार कर्णका अनुसार पुलको क्षतिग्रस्त भागमा उच्च गुणस्तरको कङ्क्रिट प्रयोग गरेर ढलान गरिनेछ। साथै, अन्य बिमको सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था समेत मूल्यांकन गरिनेछ। मर्मत कार्यलाई द्रुत गतिमा सम्पन्न गरी फागुन २ गतेभित्र पुल पुनः सञ्चालनमा ल्याइने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?