व्यवसायीमाथिको सामूहिक आक्रमण

3 महीना पहिले प्रकाशित

जनकपुरधाम,माघ २० गते । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित फेकु कबारमा ३७ वर्षीय कबार व्यवसायी मुकेश प्रसाद यादवमाथि सामूहिक आक्रमण भएको घटनामा, फलामका टुक्रा मारेर उनीलाई निर्मम रूपमा कुटपिट गरिएको छ। यादवलाई गम्भीर घाइते बनेपछि जनकपुरमै उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित बीएनबी अस्पतालमा लिइएको जानकारी प्राप्त भएको छ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो फेकु कबारका ४८ वर्षीय फेकु साह र उनका तीन छोरा – १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, र १९ वर्षीय सुभाष साह साथै भारत बिहार, सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले सामूहिक आक्रमण गरी फलाम प्रहारमा पाँच मिनेटसम्म कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा लगातार फलामको प्रहारमा मुकेश यादवको अवस्थालाई घाइते देखाइयो।

घटनापछि फेकु साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, फेकु साह र मुकेश यादवले संयुक्त रूपमा कबारसम्बन्धी एक टेन्डर लिएका भएको जानकारीका साथ छलफल गरिँदा सामान्य विवाद उत्पन्न भएर फेकु साह र उनका छोराहरूले गालीगलौज गर्दै कुटपिट सुरु गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?