रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्र, एकैदिन १८ पक्राउ
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १६ गते । रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै एकैदिनमा १८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाइहरूले सञ्चालन गरेको कारबाहीका क्रममा जिल्लाका विभिन्न स्थानबाट ती प्रतिवादीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा जालसाजी, हातहतियार खरखजाना, कुटपिट, चोरी र किर्तेजालसाजी मुद्दाका आरोपीहरू रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार ती प्रतिवादीहरूलाई जिल्ला अदालत रौतहटबाट तोकिएको दण्ड सजाय कार्यान्वयनका लागि अदालत गौरमा उपस्थित गराइएको छ। एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन भएको यो अभियानअन्तर्गत अहिलेसम्म झन्डै ३०० फरार प्रतिवादी पक्राउ परेका छन्।
कमेन्ट गर्नुहोस्
view comments