जनकपुरधाममा स्कूल बस दुर्घटना, चार विद्यार्थी घाइते
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १६ गते । जनकपुरधामस्थित सञ्चालित एजुकेशन प्वाइन्ट स्कूलको बस धनुषाको मिथिलाबिहारी नगरपालिकाको सदरमुकाम तारापट्टी जाँदै गर्दा दुर्घटनामा परेको छ। बिहान विद्यार्थी लिन गएको बस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बस तारापट्टी र ठेराको बीचमा पल्टिएको छ।
धनुषा प्रहरीका प्रवक्ता वरुण बहादुर सिंहका अनुसार दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन्, जसमध्ये एकको अवस्था मध्यम रहेको छ भने अन्य तीनजनालाई सामान्य चोटपटक लागेको छ। स्थानीयका अनुसार चालकले बाक्लो हुस्सुका बाबजुद पनि ओभर स्पीडमा बस चलाउँदा दुर्घटना भएको हो। घाइते विद्यार्थीहरूको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments