मधेश प्रदेशको बसमा भारतीय नागरिकको शव फेला
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १५ गते । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्र ०४ ००१ख ०१५७ नम्बरको बसमा भारतीय नागरिकको शव फेला परेको छ। बस हाल इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा छ। मृतकको पहिचान भारतको मधुबनी जिल्लाको सिम्री टोल निवासी, अन्दाजी ७० वर्षीय जगदीश यादवका रूपमा भएको छ।
ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, बस लालगढमा रोकिएर यात्रुहरू शौचालय गर्न ओर्लिंदा शव फेला परेको थियो। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments