बारा प्रहरी हिरासतबाट थुनुवा फरार
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १४ गते । बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट एक जना थुनुवा फरार भएका छन्। बारा प्रहरीका अनुसार सिमरा–२ निवासी महेश चौधरी भागेका हुन्। चौधरीमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो।
प्रहरीका अनुसार फोहोर फ्याल्न बाहिर निकालिएको समयमा चौधरी फरार भएका हुन्। माघ ९ गते पक्राउ परेका चौधरीको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ। फरार थुनुवालाई पक्राउ गर्न बारा प्रहरीले सक्रिय रूपमा खोजी जारी राखेको दाबी गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments