जनकपुरधामको रामलाल लक्ष्मी फर्निचर उद्योगमा आगलागी, ठूलो क्षति
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १३ गते । जनकपुरधामस्थित रामलाल लक्ष्मी फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ठूलो आर्थिक क्षति भएको छ। शारदा एकेडेमीको अगाडि रहेको यस उद्योगमा आगलागी भएपछि बारुणयन्त्रको टोली घटनास्थलमा पुगेको थियो। टोलीले समयमै हस्तक्षेप गर्दै आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ।
आगलागीको कारण अहिले अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। आगलागीले कति क्षति पुर्यायो भन्ने विस्तृत विवरण भने आउन अझै बाँकी छ।
कमेन्ट गर्नुहोस्
view comments