मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ११ गते । जनकपुरको मधेस भवननजिक भएको मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको ज्यान गएको छ। यादव, जो लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ निवासी हुन्, आज बिहान कार्यालय जाँदै गर्दा दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार विपरीत दिशाबाट विद्यार्थीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा यादव सवार मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो। ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेशको २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ। टाउकोमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जना हाल प्रहरी नियन्त्रणमा छन्।
कमेन्ट गर्नुहोस्
view comments