धनुषाको दिगम्बरपुर पोखरीमा पुरुषको शव फेला

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते । धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ। दिगम्बरपुरस्थित विद्यालय नजिकै रहेको पोखरीमा शव तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

स्थानीयहरूले पोखरीमा शव देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए। जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानपछि शवलाई परीक्षणका लागि पठाइने जानकारी प्रहरीद्वारा प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?