मधेश प्रदेश सरकारद्वारा स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी छलफल सुरु

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ८ गते ।  मधेश प्रदेश सरकारले स्थानीय तहको कानुन तर्जुमा प्रक्रियालाई प्रभावकारी बनाउन छलफल सुरु गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलबार जनकपुरधाममा आयोजित कार्यक्रममा संघ, प्रदेश, र स्थानीय तहका कानुन नबाझिने सुनिश्चित गर्न आवश्यक समन्वयका विषयमा गहन छलफल भएको छ।

कार्यक्रममा बोल्दै प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले तीन तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याउनुभयो। उहाँले तीन तहका संरचनाभित्र रहेका जनप्रतिनिधिहरूबीचको सहकार्य र संवादलाई सुदृढ गर्न मन्त्रालयले बाराको कलैया र सप्तरीको सप्तकोशीबाट पहल सुरु गरिसकेको बताउनुभयो। मन्त्री लेखीका अनुसार स्थानीय सरकारसँग सहकार्य गर्दै कतिपय कार्यक्रम पहिले नै सञ्चालनमा आइसकेका छन्, र यो प्रयासलाई अझ व्यापक बनाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?