महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ८ गते । महोत्तरीको सोनमा गाउँपालिका–२ मा अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ। शवको अवस्था हेर्दा हत्या गरिएको हुन सक्ने आशङ्का स्थानीयवासीहरूले व्यक्त गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकको पहिचान स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा, ज्ञानु भनिने नरेन्द्र यादवको रूपमा गरेको छ।

प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार शव अर्धनग्न अवस्थामा भेटिएको र घाँटी थिचिएको जस्तो देखिएकाले हत्याको आशङ्का गरिएको छ। घटनाको थप अनुसन्धानका लागि डग टोलीसमेत प्रयोग गरिएको छ। उहाँले पोस्टमार्टम र अनुसन्धानपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?