धनुषामा भडरियाबाट पेस्तोलसहित दुई जना पक्राउ

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ७ गते । धनुषाको धनौजी गाउँपालिका–४ भडरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमध्ये एक जना भारतको नागरिक रहेको बताइएको छ। सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीका अनुसार पक्राउ पर्नेहरूमा छिरेश्वरनाथ नगरपालिका–८, सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पञ्चायत–५ का २१ वर्षीय रुपेशकुमार यादव रहेका छन्।

सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहालको नेतृत्वमा जाँचका क्रममा उनीहरूको साथबाट ९ एमएमको बाउनिङ् पेस्तोल, म्यागजिन, र एक राउन्ड गोली बरामद गरिएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको उपरीक्षक गिरीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?