बलिदानी दिवसको अवसरमा जनकपुरधाममा एक लाख दीप प्रज्वलन

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ६ गते ।  मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा शनिबार साँझ जनकपुरधाममा एक लाख दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको प्रमुख उपस्थितिमा आयोजित उक्त कार्यक्रममा वीर शहीदहरूको सम्मानमा दीप प्रज्वलन गरियो। मन्त्री लेखीले बलिदानी दिवसका विभिन्न कार्यक्रमहरूमार्फत शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, शहीदहरूको योगदानलाई स्मरण गर्न दीप प्रज्वलन गरिएको बताउनुभयो।

शहीद परिवारलाई विशेष सम्मान

यसै अवसरमा मधेस प्रदेश सरकारले शहीद परिवारका सदस्यहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम आयोजना गर्यो। गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत मधेसी शहीद प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्दै शहीद परिवारको योगदानको कदर गरियो। कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले शहीद परिवारप्रति आभार व्यक्त गर्दै, मधेसको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले शहीद परिवारका सबै सदस्यको बिमा गरिने र मधेसलाई अधिकार सम्पन्न बनाउन थप संघर्षको आवश्यकता रहेको औंल्याउनुभयो। कार्यक्रममा शहीद परिवारका सदस्यहरू र जीवित शहीदहरूलाई दोसल्ला ओढाएर सम्मान गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?