सिर्सिया भन्सारको राजस्व सङ्कलनमा गिरावट, वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्र पूरा
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ३ गते । पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्र हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रु १ अर्ब ४५ करोड ४१ लाख ७९ हजारले राजस्व सङ्कलन घटेको छ।
यस वर्षको साउनमा रु ३ अर्ब ७५ करोड २२ लाख, भदौमा रु ४ अर्ब ६४ करोड ३० लाख, असोजमा रु ४ अर्ब ३६ करोड ४५ लाख, कात्तिकमा रु ३ अर्ब ७९ करोड २९ लाख, मङ्सिरमा रु ३ अर्ब २२ करोड ८४ लाख, र पुसमा रु ३ अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो। अघिल्लो वर्षको छ महिनामा भने यो कार्यालयले रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन गरेको थियो, जसले चालु वर्षमा राजस्व सङ्कलनमा कमी आएको संकेत गर्दछ।
कमेन्ट गर्नुहोस्
view comments