स्टार कोचिङका सञ्चालक बब्लु यादव पक्राउ, दुर्व्यवहारको आरोप
3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ३ गते । जनकपुरधाममा सञ्चालित स्टार कोचिङका सञ्चालक बब्लु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। कोचिङमा अध्ययनरत एक छात्रालाई जबरदस्ती फोन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। छात्राले दिएको निवेदनका आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। जनकपुरको जिरोमाइलस्थित कोचिङ संस्थाका सञ्चालक यादवले छात्रासँग गरेको संवादमा जबरजस्ती गरेको सुनिएको र छात्राले पठाएको व्हाट्सएप सन्देशमा दुर्व्यवहारको प्रमाण भेटिएको बताइएको छ।
छात्राले उक्त घटनासम्बन्धी दिएको जाहेरी र सन्देशलाई आधार मानेर अनुसन्धान अघि बढाइएको छ। यादवको श्रीमतीले पनि पक्राउको पुष्टि गर्दै घटनाबारे सत्यता रहेको बताइन्, तर यस विषयमा धेरै बोल्न चाहिनन्। यादवमाथि दुराचारको आरोपका विषयमा थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments